काठमाडौंमा थप ५१८ जनामा कोरोना संक्रमण पुष्टि

196
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ५१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा ५२ र ललितपुरमा ११९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै आज उपत्यकामा ६८९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थप २ हजार ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ ।