देशभर थप २५२५ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

406
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप २५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २०२० र एन्टीजेनमा ५०५ गरी २५२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ९९०९ पीसीआर र ४९०१ एन्टीजेन परीक्षण भएका छन। मन्त्रालयका अनुसार सोही समयमा २०८६ जना संक्रमणमुक्त भएका छन्। यस्तै संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ।