माधव नेपालको पार्टीमा १७ पदाधिकारी, ५१ पोलिटब्यूरो सदस्य र १५१ केन्द्रीय सदस्य रहने

2.1k
Shares

काठमाडौं : माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा १७ पदाधिकारीसहित १५१ केन्द्रीय सदस्य रहने भएका छन् । चन्द्रागिरी हिल्समा बसेको पार्टीको  बैठकले अन्तरिम विधान-२०७८ र घोषणापत्र अनुमोदन गर्दै सांगठानिक संरचनाको टुंगो लगाएको हो ।

जसमा अध्यक्ष, वरिष्ठ नेता, सात उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र सात सचिवसहित १७ जना पदाधिकारी रहनेछन् ।  ११५ पूर्ण र ३६ वैकल्पिक सहित १५१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ ।  ५१ सदस्यीय पोलिटव्युरो हुनेछ भने २१ सदस्यीय स्थायी कमिटी ।  प्रदेश, जिल्ला र स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष र सचिव रहने व्यवस्था विधानमा छ ।

यो पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्सवाद/लेनिनवाद हुने भएको छ । पार्टीको विधान र घोषणापत्रमा जबजको साटो रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद कायम गरिएको छ । नेता नेपालले एमालेबाट छुट्टिएर नेकपा समाजवादी गठन गर्न लागेका हुन् । पार्टी दर्ताको निवेदन निर्वाचन आयोगमा छ ।