काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप्ने तयारी, सीडीओको बैठक बस्दै


न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे थप छलफल गर्न आज तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच बैठक बस्ने भएको छ ।

स्रोतका अनुसार प्रमुख जिल्ला अधिकारीहरूबीच निषेधाज्ञा थप गर्ने सहमति भइसके पनि आज बस्ने बैठकले औपचारिक निर्णय गर्ने छ । उपत्यकामा कोरोना संक्रमणको जोखिम बढिरहेका कारण के कस्ता कुराहरुमा निषेधाज्ञा गर्ने वा नगर्ने भन्ने विषयमा आजको बैठक बस्ने भएको हो ।

त्यस्तै, प्रमुख जिल्ला अधिकारीको बैठक बस्नुअघि जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बैठक पनि बोलाइएको छ । डिसिसिएमसी बैठकले गरेका निण्र्नयहरुलाई समेट्दै निषेधाज्ञा बारे थप निर्णय लिने बताइएको छ ।