सिन्धुलीमा २ फरार प्रतिवादी पक्राउ


बुद्ध नेपाली, सिन्धुली ।

प्रहरीले सिन्धुलीमा दुई जना फरार प्रतिबादीहरुलाई पक्राउ गरेको छ । जबरजस्ति करणी उद्योग मुद्धामा दोषी ठहर भई फरार रहेका दुधौली नगरपालिका–५ सिथौलीका १८ बर्षिया विशाल परियारलाई अदालतले सजाए सुनाएको झन्डै ३ बर्ष पछि पक्राउ गरेको हो ।

परियारलाई ईलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरी टोलीले शुक्रवार पक्राउ गरेको सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो । जबरजस्ति करणी उद्योग मुद्धामा परियारलाई जिल्ला अदालत सिन्धुलीले वि.सं. २०७५ साल भदौं २० गते एक महिनाको कैद सजायको फैसला गरेको थियो ।

त्यस्तै चोरी मुद्धामा दोषी ठहर भई फरार रहेका कमलामाई नगरपालिका–६ धुराबजारका २५ बर्षका मिलन सुनुवारलाई झन्डै ५ बर्षपछि प्रहरीले पक्राउ गरेको छ । सुनुवारलाई कमलामाई नगरपालिका–६ धुराबजार स्थित सडकमा हिडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चोरी मुद्धाका सुनुवारलाई जिल्ला अदालत सिन्धुलीले वि.सं. २०७३ साल माघ २५ गते एक महिना कैद सजाय र २४ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने फैसला गरेको थियो । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत सिन्धुलीमा बुझाईएको प्रहरी नायव उपरिक्षक लामाले बताउनुभयो ।