सात अर्ब डलरको निर्यात आकार पुर्‍याउने लक्ष्य

994
Shares

काठमाडौं, (नेस) ।

सन् २०२५ को अन्त्यसम्म नेपालको निर्यात व्यापारको आकार सात अर्ब अमेरिकी डलर पुर्‍याउने निर्यात व्यवसायी महासंघ नेपालले लक्ष्य राखेको छ । महासंघले आगामी तीन वर्षमा एक अर्ब अमेरिकी डलरबाट दुई अर्ब अमेरिकी डलर पुर्‍याउने र सन् २०२५ को अन्त्यसम्म उक्त लक्ष्य पूरा गर्ने जनाएको हो ।

निर्यात व्यवसाय प्रवद्र्धन गर्न महासंघले गत साउन २७ गतेदेखि २९ गतेसम्म ४० देशका कूटनीतिक नियोगका प्रतिनिधिसँग भर्चुअल अन्तरक्र्रियापछि सो निष्कर्ष निकालेको जनाएको छ । महासंघका अनुसार कुन देशमा कुन वस्तुको आवश्यकता छ भन्नेबारे कूटनीतिक नियोगले छलफल गरेर एक महिनाभित्र महासंघलाई राय सुझाव दिने छन् । नेपालमा उत्पादित कृषि सामग्री र औद्योगिक सामग्रीको निर्यात मात्र नभई ऊर्जा उत्पादनमा जोड दिई ऊर्जा निर्यातलाई महासंघले अगाडि बढाउन खोजेको छ । हाल नेपालबाट १२० भन्दा बढी मुलुकमा ९५० भन्दा बढी उत्पादित सामग्री निर्यात हुँदै आएको छ ।

नेपालबाट विशेषगरी विदेशमा कार्पेट, तयारी पोसाक, पश्मिना, फेल्टलगायत सामग्री बिक्री वितरण हुँदै आएका छन् । महासंघका महासचिव अमृत खड्काले कूटनीतिक नियोगका प्रतिनिधिसँगको छलफलपछि कुन देशमा कुन वस्तुको आवश्यता छ भन्नेबारे जानकारी पाइने हुँदा सम्बन्धित देशलाई आवश्यक सामग्री निर्यातमा महासंघले सहजकर्ताको भूमिका खेल्नसक्ने बताउनुभयो । नेपालमा उत्पादित वस्तुमध्ये सबैभन्दा धेरै वस्तु भारतमा निर्यात हुँदै आएको छ । त्यसपछि दोस्रो निर्यात हुने मुलुक अमेरिका हो ।

निर्यातको स्थिति

आर्थिक वर्ष २०५६र५७ आर्थिक वर्ष २०७७र७८
कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान १६ प्रतिशत कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान १३ दशमलव ८ प्रतिशत
उत्पादन मुलक उद्योगको योगदान १५ प्रतिशत उत्पादन मुलक उद्योगको योगदान ५ दशमलव १ प्रतिशत
निर्यातको योगदान १३ प्रतिशत निर्यातको योगदान ३ दशमलव ३ प्रतिशत
व्यापार भुक्तानी सन्तुलनको अनुपात १ः२.३५ व्यापार भुक्तानी सन्तुलनको अनुपात १ः९.१६
कुल व्यापार १६८० विलियन
कुल आयात रु १५३९ विलियन
कुल निर्यात रु १४१ विलियन

सार्क क्षेत्रको अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान

बंगलादेश ३० प्रतिशत
भुटान २८ प्रतिशत
भारत १७ प्रतिशत

श्रीलंका ३० प्रतिशत

पाकिस्तान ४० प्रतिशत (३५ प्रतिशत उत्पादन मुलक ५ प्रतिशत भ्यालुएड)
नेपाल ५ दशमलव १ प्रतिशत

स्रोत : निर्यात व्यवसायी महासंघ नेपाल