कुलमानको नियुक्तिविरुद्ध हितेन्द्रदेव शाक्य सर्वोच्चमा

714
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणमा गैर कानुनी तवरले कुलमान घिसिङलाई पुनः कार्यकारी नियुक्त गरेर आफूलाई हटाएको भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले आफूलाई चार वर्षका लागि नियुक्ति गरे पनि अहिले विना कारण गैरकानुनी ढङ्गले हटाइएको भन्दै शाक्यले पुनर्बहालीको माग गरेर सर्वोच्चमा निवेदन दर्ता गराएका हुन् । उनको निवेदनको सुनुवाइ बुधवारका लागि तोकिएको सर्वोच्च स्रोतले जनाएको छ ।