नाग थिममा फोटो सुट

350
Shares

आधुनिक हेयर डिजाइन र अनुहारको साज सज्जाको सेवा दिने राजधानीका सैलुन मध्येको उत्कृष्ट ब्रान्डका रूपमा स्थापित फेसन हाउसले नागपञ्चमीका अवसरमा नागपञ्चमी थिममा फोटो सुट गरेको छ।

नागहरूको बस्ती रहेको विश्वास गरिने पोखरी टौदहलार्ई लोकेसन बनाएर गरिएको फोटो शुटमा सुशीला थापा मोडल रहेकी छिन् भने फोटोग्राफी फोटोग्राफर कुबेर डंगोलले गरेका छन् । नेपालका चाडपर्वको महत्व झल्काउन यस प्रकारको फोटोसुट गरिएको फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा सौन्दर्यविद् सुष्मा महराले बताइन् । यसले नेपालीले भुल्दै गएको संस्कृतिलाई जोगाइ राख्न मद्दत पुग्ने उनको भनाइ छ । फोटो सुटका लागि कुसुम बुटिकले ड्रेस डिजाइन गरेको छ भने गहना हुन्छ डटकमले तयार पारेको थियो ।

फेसियल हाउसले हालसम्म नेपालकै ठूलो फेसन सो फेसन ट्रेड सिजन–३आयोजना गरिसकेको छ।