पवनदीप बने ‘इन्डियन आइडल १२’ को विजेता

16k
Shares

भारतीय रियलिटी शो ‘इन्डियन आइडल १२ को विजेता’ पवनदीप राजन बनेका छन् ।

सोनी टीभीबाट प्रसारण हुने चर्चित भारतीय गायन प्रतिस्पर्धाको फाइनलमा अरुणिता कांजीलाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो र सायली कांबलेलाई पछि पार्दै पवनदीप विजेता बनेका हुन् ।

त्यस्तै, अरुणिता फर्स्ट रनरअप बनेकी छन् ।

विजेता पवनदीपले इन्डियन आइडल १२ को ट्रफीसहित स्विफ्ट कार र २५ लाख भारु समेत हात पारेका छन् ।

फाइनलमा अनु मलिक, सोनु कक्कड, हिमेश रेशमिया, उदित नारायण झा, अलका याग्निक, कुमार सानू, विशाल डडलानी, मीका सिंह, भारती सिंह, हर्ष लिंबाचिया, जय भानूशाली, द ग्रेट खली, सिद्धार्थ मल्होत्रा, कियारा आडवाणी र जावेद अली उपस्थित थिए ।