शिक्षक महासङ्घको अध्यक्षमा तुलाधर



काठमाडौं ।

नेपाल शिक्षक महासङ्घको अध्यक्षमा कमला तुलाधर चयन भएपछि नेतृत्व तहमा देखिएको विवाद अन्त्य भएको छ । महासङ्घमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका तर्फबाट अध्यक्ष रहनुभएका बाबुराम थापाको पहलमा सहमित जुटेको हो । अध्यक्ष थापा शिक्षण सेवाबाट उमेर हदका कारण अवकाश प्राप्त भएपछि विधानतः अध्यक्ष पदमा निरन्तरता रहने वा नरहने भन्ने विवाद उत्पन्न भएको थियो ।

थापाले प्रतिनिधित्व गर्ने सङ्गठनबाट हाल महासङ्घका उपमहासचिव तुलाधरलाई सिफारिश गरेको थियो भने सो निर्णयलाई अन्य घटकले समर्थन गरेका थिए । यस नेतृत्वले आगामी तीन महिनाभित्र महाधिवेशन गर्नुपर्नेछ ।

शिक्षा क्षेत्रमा सुधारका लागि लगानी वृद्धिलगायत माग राखेर महासङ्घले आन्दोलन गर्दै आएको छ । पद हस्तान्तरण कार्यक्रममा महासङ्घका कार्यवाहक अध्यक्ष पूर्णप्रसाद दवाडी, महासचिव लक्ष्मीकिशोर सुवेदीलगायत उपस्थिति हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्