नेपाली सुन्दरी सिमल पोल्यान्डमा भिड्दै

532
Shares

स नेपाल सुप्रानेसनल सिमल कनौजिया पोल्यान्डमा आयोजना हुन लागिरहेको मिस सुप्रानेसनल पेजेन्टमा सहभागी हुन तयारीका साथ त्यसतर्फ पुगेकी छिन्।

गत डिसेम्बरमा हिडन ट्रेजरद्वारा राजधानीमा आयोजित मिस नेपाल २०२० प्रतियोगितामा मिस सुप्रानेसनल उपाधि चुमेकी सिमल आगामी अगस्ट २१ मा हुने १२औँ सस्करणको मिस सुप्रारनेसनल २०२१ प्रतियोगितामा भाग लिन पोल्यान्ड पुगेकी हुन्। कोरोना महामारीबीच पनि स्वास्थ्य मापदण्ड अपनाउँदै हिडन ट्रेजरकी प्रमुख कोरियोग्राफर रचना गुरुङ, फोटोग्राफर राजभाइ सुवाल, ड्रेस डिजाइनर मनीष राईलगायतसँग प्रशिक्षण लिएर प्रतियोगिताका लागि तयारी गरेकी सिमलले प्रतियोगिताको नेसनल राउन्डमा नमुना कलेज अफ फेसन टेक्नोलोजीका विद्यार्थीले तयार पारेको राष्ट्रिय पोसाक पहिरिनेछिन्। सिमलले प्रतियोगितामा लोकेसन नेपालले तयार पोरेको चार मिनेटको नेपालको परिचयात्मक भिडियोका साथै स्तन क्यान्सरविरुद्धको सचेतनामूलक भिडियो प्रस्तुत गर्नेछिन्।