२५ वर्षपछि घर हिडे सुकान्त

8.8k
Shares

न्युज अफ नेपाल, काभ्रे ।

अन्तत २५ वर्ष पछि परिवारका साथलाग्दै शोभाकान्त लामिछाने (सुकान्त) आफ्नो घर स्याङ्जा लागेका छन् । वालिङ ५, पित्लेक कोलपाटामा सुकान्तको वुढि आमा आफ्नो जेठो छोरा भेट्ने प्रतिक्षामा बसिरहनु भएको छ ।

सानै उमेरमा घर छोडेर भारतमा गएका सुकान्त केहि वर्ष त्यहा बसेपछि आफ्नो घर घोज्दै बनेपा आइपुगेका थिए । लामो समयदेखि बनेपाको चारदोबाटेमा रहेको एक होटमा काम गर्दै आएका सुकान्त पछिल्लो समय आफ्नो घर ठेगाना पत्ता लगाइदिन पछिल्लो मिडिया गुहार्दै हिडेका थिए ।

स्थानिय पत्रकार वुद्धकुमार श्रेष्ठ लगाएतले सुकान्तको घर ठेगाना पत्ता लगाउने कार्यमा धेरै मेहेनत गरेपछि उहाँको घर ठेगाना पत्ता लागेको हो । प्रहरी कार्यालय पनौतीले सोमबार विहान एक कार्यक्रमको आयोजना गरि सुकान्त लार्ई परिवारका संदस्यलाई जिम्मा लगाएर घर पठाएको छ ।

विभिन्न मिडिया तथा सामाजिक सञ्जालहरुमा सुकान्तको घर ठेगाना पत्ता लगाईदिने बारे सामग्री आउन थालेपछि उहाको परिवार सम्पर्कमा आएका थिए । सुकान्तलाई परिवारलाई जिम्मा लगाउने हेतुली प्रहरी चौकि पनौतीमा आयोजित कार्यक्रममा सुकान्तका काका लोकमणी लामिछाने, माइलो भाई मोतिलाला लामिछाने, कान्छो भाई रमेश लामिछाने, बहिनी ज्वाईहरु लेखनाथ पाण्डे र ओम प्रकाश अधिकारी काकाको छोरा पुर्णचन्द्र लामिछाने पनौती चौकी आएका थिए ।

आफ्नो घर ठेगाना पत्ता लगाउन मिडिया गुहार्दै हिडेका सुकान्तलाई बाल्यकालको अलिअलि याद थियो । आफ्नो गाउको नाम कोलपटा भन्ने गरेको याद गर्दै सुकान्त आफ्नो नजिकैको ठाउलाई ढुंगेरागाउ भन्थ्ये । घरभन्दा नजिकै विद्यालयमा २ कक्षा सम्म पढेको बताउने सुकान्तलाई विद्यालयको नाम पनि याद थिएन । ५/६ वर्षको उमेरमा विद्यालय गएको बताउदै स्कुलको नाम वेदडाडा स्कुल भन्ने गर्थे । त्यो स्कुलमा ५ कक्षा सम्म पढाईहुने र शिक्षकहरुले नेपालीमा पढाएको याद थियो ।

७/८ वर्षको उमेरमा आफ्नो बुबाले इन्डियामा लगेर होटलमा भाडा माझ्ने काम लगाइदिएको बताउने सुकान्त आफुलाई भारतको कुन ठाउमा ल्याएको हो भन्ने याद थिए । भारतमा ६/७ वर्ष काम गरेपछि त्यहा रहेका नेपालीहरु संगै घर ठेगाना खोज्न नेपाल आएपछि प्रायजसो बनेपामै बस्थे । बुबाको नाम वुद्धिप्रसाद शर्मा, आमाको नाम भिमा शर्मा, भाईको नाम मोतिलाल शर्मा र बहिनीको नाम दमकला शर्मा बताउने सुकान्तलाई छरछिमेक तथा अन्य ईष्टमित्रको नाम थाहा नभएको बताउथे ।

बच्चामा मामाघर पनि गएको बताएपनि उनले मामाघरको ठेगाना याद नभएको बताउथे । घरबाट एक/दुई घण्टाको दुरीमा मामा घर थियो । जंगल र पहाडको बाटो हिड्नुपर्ने थियो भन्दै आफ्नो गाउभन्दा टाढाटाढा रहेको खोलामा झुलुङ्गे पुल पनि रहेको सम्झना आउने बताउथे । मामाघर जादा झुलुङ्गेपुल तरेर जानुपथ्र्यो ।

उनले काम गरेको होटलका मालिक राधा श्रेष्ठले जानकारी दिए अनुसार सुकान्त २२/२३ वर्ष अघि बनेपामा आएका हुन । पछि ४/५ वर्ष बाहिर गएर फेरी आएका हुन । सुकान्तले जानकारी दिए अनुसार भुकम्प जानुभन्दा अगाडी पुनः भारतमा ४/५ वर्ष काम गरेर फेरी बनेपाकै होटलमा आएको बताउथे कार्यक्रममा सुकान्तको परिवारसंग पुर्नमिलन भएकोमा खुशी व्यक्त गर्दै पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले यो पुर्नमिलन सामान्य कुरा नभएको भन्दै सुकान्तको बाकि जिवन घरपरिवार संग रमाइलो संग वित्ने विश्वास व्यक्त गर्नुभयो ।

लामो समय सम्म आफ्नो होटमा राखेर छोरा जस्तै व्यवहार गरि संरक्षण गर्दै आएको वताउदै सुकान्तले काम गर्ने होटल धनि राधा श्रेष्ठले सुकान्तको आमाको लागि कपडा र केहि रकम बाटो खर्च दिदै विदाई गर्नुभएको थियो । सुकान्तलाई विदाई गर्दै स्थानिय दिपक थापाले सुकान्तको घर ठेगाना पत्ता लगाई परिवार संग पर्नमिलन गराईदिएकोमा पत्रकारहरुलाई धन्यवाद दिदै भन्नुभयो– नेपालमा अन्य धेरै सुकान्तहरु हराइरहेका छन्, उनिहरुको खोजिकार्यमा पत्रकार तथा सरकारले सहयोग गर्नुपर्छ ।

सुकान्तलाई परिवारको जिम्मा लगाउदै पनौती चौकीका प्रमुख सन्तोष बाणियाले सबैको सहकार्यले यस्तो पुण्य काम गर्न पाएकोमा खुशी व्यक्त गर्दै सुकान्तको बाकी जिवन घरपरिवारको साथ शुखमय तरिकाले वितोस भन्दै शुभकामना दिनुभएको थियो ।