जापानले सहयोग स्वरुप उपलब्ध गराएको एस्ट्राजेनेकाको खोप काठमाडौं आइपुग्यो

2.6k
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

जापान सरकारले सहयोग स्वरुप उपलब्ध गराएको एस्ट्राजेनेकाको ३ लाखभन्दा बढी डोज खोप काठमाडौं आइपुगेको छ । कतार एयरवेजको विमानमार्फत ३ लाखभन्दा बढी डोज खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

जापान सरकारले कोभ्याक्स परियोजना अन्तर्गत नेपाललाई १६ लाख डोज खोप सहयोगस्वरुप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । त्यस्तै, शनिबार र आइतबार ८ लाख डोज खोप नेपाल भित्रिने बताइएको छ ।