नेबिको बिस्कुटको कारखानामा भीषण आगलागी, आगो नियन्त्रण बाहिर

1.8k
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुटको कारखानामा भीषण आगलागी भएको छ । कारखानामा शनिबार बिहान २ बजेदेखि आगलागी भएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणका लागि ८ दमकल तथा कम्तीमा २० वटा पानी ट्यांकरसहित प्रहरी टोली खटाइएको छ । आगलागीको कारण र क्षतिबारे अझै खुल्न सकेको छैन।