काठमाडौँ उपत्यकामा थप ७०१ जनामा कोरोना संक्रमण पुष्टि

742
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७०१ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४७१, भक्तपुरमा ८३ र ललितपुरमा १४७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ७२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप २५ जनाले ज्यान गुमाएका छन् ।