नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

182
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा एमाले माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे ११ बजे बुद्ध नगरस्थित क्वालिटी बैंक्वेटमा बस्ने भएको छ ।

नेपाल समूहको बिहीबारको केन्द्रीय बैठकले पार्टीको अधिवेशन र सदस्यता वितरणको काम तत्काल स्थगित गर्नुपर्ने माग गरेको थियो । नेता नेपालले महाधिवेशन र निर्वाचनको हिसाबकिताब मिल्ने गरी मात्रै एकता हुने बताउँदै पार्टी एकताको विषयमा गृहकार्य भइरहेको बेलामा अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगले जिल्ला अधिवशेन र सदस्यता वितरणको काम अगाडि बढाउनु गलत भएको बताएका थिए ।