२७ गते विशेष अधिवेशन आह्वान

182
Shares

बुटवल, (नेस) ।

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन यही साउन २७ गते बस्ने भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेश सभाको विशेष अधिवेशन यही साउन २७ गते दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरद्वारा जारी सूचनामा जनाइएको छ ।

लुम्बिनी प्रदेश सभामा विपक्षी गठबन्धन दलहरूद्वारा प्रदेश सभामा दर्ता गरेको मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफलका लागि विशेष अधिवेशन आह्वान गर्न माग गर्दै यही साउन १९ गते प्रदेश प्रमुखसमक्ष समावेदन दिएका थिए ।