काठमाडौंमा थप ७६६ जनामा कोरोना संक्रमण पुष्टि

644
Shares

न्युज अफ नेपाल, काठमाडौं।

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्र थप ७६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा १६३ र भक्तपुरमा १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।यससँगै आज उपत्यकामा १०७५ जनामा संक्रमण पुष्टि भएको छ ।

उपत्यकामा १०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बुधबार उपत्यकामा १,२७९ जना कोरोना संक्रमित थपिएका थिए ।पछिल्लो २४ घण्टामा ३,९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३७ जनाको मृत्‍यु भएको छ ।