पूर्वप्रधानमन्त्री झलनाथ खनालको मृगौला प्रत्यारोपण सफल

2.3k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको बुधबार भारतको नयादिल्लीमा मिर्गौला प्रत्यारोपण सफल भएको छ । खनालको भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा बुधबार सफल प्रत्यारोपण गरिएको हो । उहाँको गत महिना असार ३ गतेदेखि सो अस्पतालमा उपचार जारी थियो ।

डा सन्दीप गुलेरिया नेतृत्वमा रहेको टिमले खनालको मिर्गौला प्रत्यारोपण गरेको हो । नेता खनाल अझै केही समय अस्पतालमै रहने उहाँको सचिवालयले जनाएको छ ।

६ साताअघि ‘पोस्ट कोभिड’बाट स्वास्थ्य समस्या जटिल बन्दै गएपछि नयाँ दिल्लीस्थित अपोलो अस्पताल पुग्नुभएका खनालको तीनसाता अघि मिर्गौलाको डायलासिस सुरू गरिएको थियो । उहाँमा पोष्ट कोभिडसँगै मृगौलाको समस्यामा देखापर्ने लक्षण देखिएको थियो ।
‘डायलाइसि पछि नेता खनालको स्वास्थ्यमा सुधार आएपनि प्रत्यारोपण नै गर्नुपर्ने स्थितिमा पुग्नु भएकाले प्रत्यारोपण गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

नेता खनाल कोभिड र पोष्ट कोभिड पछि ‘डायलाइसिस’ मा नै जानुपर्ने अवस्थामा नर्भिक अस्पतालमा उपचार गराईरहनुभएकै अवस्थामा नर्भिक अस्पतालबाट २०७८असार ३ गते डिस्चार्ज लिएर अपोलो अस्पताल नयाँ दिल्ली जानुभएको थियो ।