माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

70
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । अर्को सूचना नभएसम्मका लागि आजको बैठक स्थगित गरिएको स्रोतले जनाएको छ ।

आजको बैठकमा माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने बताइएको थियो । माओवादी केन्द्रबाट हाल जनार्दन शर्मा अर्थ मन्त्री छन् भने पम्फा भुसालले ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।