नाङ्गै साइकलमा बाहिर निस्कनेको चर्चा

72k
Shares

लन्डन, (एजेन्सी) ।

नाङ्गै साइकल चलाउँदै हँसिलो मुद्रामा बाटोमा भेटे जति सबैलाई ‘हेल्लो’ भन्दै अभिवादन गर्दै हिँड्ने एक जना पुरुष बेलायतमा फेरि सार्वजनिक भएको प्रहरीले जनाएको छ । गर्मी बढ्न थालेपछि त्यो व्यक्ति यसरी बाटोमा देखिने गरेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।

यसअघि, पनि बेलायती प्रहरीले १८ जुलाईको दिन ती व्यक्तिलाई यसरी साइकल चलाउँदै गरेको भेटिएको खबर प्राप्त भएको बताएका छन् । एक जना बटुवाले साँझ करिब सात बजेर बिस मिनेट जाँदा मेसीसाइडको मेलिंगमा देखेको दाबी गरेका थिए ।

लिभरपुल इकोका अनुसार ती अपरिचित पुरुषले लिड्सदेखि लिभरपुलको नहरको किनारासम्म यसरी ढुक्कसँग नाङ्गै साइकल चलाएको जनाएको छ । सो घटना प्रत्यक्ष देखेका एक जना मानिसले आफ्नो फेसबुकमा यस्तो पोस्ट गरेका छन्– ‘आज नहरको नजिक करिब ५० वर्ष जति उमेरका एक व्यक्तिले नाङ्गै साइकल चलाइरहेको देख्ने शायद म मात्र एक्लो व्यक्ति होइन होला ।’

उनको पोस्टमा प्रतिक्रिया दिँदै थुप्रै मानिसले आफूहरूले पनि उनलाई देखेको र गर्मी बढ्नासाथ उनी यस्तो हालतमा देखिने गरेको लेखेका छन् ।

त्यसैगरी, एक महिलाले फेसबुकमा यस्तो लेखेकी छन्– ‘मेरो पतिले पनि उनलाई देखेका छन् । तर, मेरो पतिले त उनी झन्डै ७० वर्षको वृद्धजस्तो देखिने बताएका छन् ।’

अन्य महिलाहरूले पनि लेखेका छन्– ‘मैले पनि थुप्रैपटक देखिसकें, तर बिहान सबेरै उनलाई यस्तो अवस्थामा देख्नु राम्रो भने हैन, उनले निकै सामान्य तरिकाले सबैलाई अभिवादन गर्छन् ।’ केहीले उनको भिडियोसमेत फेसबुकमा पोस्ट गरेका छन् ।