गैरकानुनी रुपमा डेन्टल होममा कार्यरत तीन भारतीय पक्राउ

2.5k
Shares

न्युज अफ नेपाल, काठमाडौ ।

गैरकानुनी रुपमा राजधानीको चाहिलस्थित हेल्दी स्माईल ओमकार डेन्टल होम प्रालिमा कार्यरत तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले नेपाल मेडिकल काउन्सिलबाट अनुमति नलिइ बिरामीहरुको शल्यचिकित्सा गर्ने जस्ता काम गरेको भन्ने उजुरीको आधारमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

भारतीय नागरिक सौरभ कुमार, डा. रावेतरन्जन कुमार ठाकुर र उक्त डेन्टल होमका संचालक राधाकृष्ण तामाङलाई पक्राउ गरेको छ । बिना इजाजत बिरामीको स्वास्थ्यमाथि खेलबाड गरेकाले उनीहरुलाई कारवाहीकालागि नियन्त्रणमा लिएको ब्युरोले जनाएको छ ।