प्राचीन ग्रन्थको नाममा १५ लाख ठगी

154
Shares

काठमाडौ, (नेस) ।

बौद्ध धर्मको प्रचीन ग्रन्थ भएको भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पुरातात्विक महत्व बोकेको भनिएका ती ग्रन्थ देखाएर ठगी गर्दै आएका सप्तरीका प्रशान्तप्रताप सिंह र दाङका पूर्णबहादुर मगरलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

उनीहरुले आफूहरुसँग बौद्ध धर्मको पुरातात्विक ग्रन्थको ४ करोड रुपियाँ पर्ने भएकाले उक्त पुस्तक खरिद गर्न लागेको र अहिले आफूहरुसँग पैसा अपुग भएकाले केही दिनका लागि पैसा दिन भन्दै भीमबहादुर डांगी र विष्णुप्रसाद अर्यालसंग १५ लाख ५ हजार गठी गरेका थिए ।

पक्राउ परेका सिंह र मगरले आफूसँग भएको भनिएको बौद्ध धर्म ग्रन्थ बन्दकी राख्न दिएर ठगी गरेको महाशाखाले जनाएको छ । उनीहरुले विभिन्न व्यक्तिसँग त्यस्तै उपाय अवलम्बन गरेर ठगी गर्दै आएको प्रहरीले जनाएको छ ।