झुठो बिवरण पेश गरेर नागरिकता बनाउने दुईजना प्रहरी फन्दामा

644
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।

पर्सा जिल्लामा झुठो विवरण पेश गरी नेपाली नागरिकता लिने कार्यमा संलग्न २ जनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भइ हाल पर्साको बहुदरमाइ नगरपालिका २ बस्ने २८ वर्षिया सीता पटेल र बहुदरमाइ नगरपालिका २ कै ५१ वर्षिय धुरुप प्रसाद पटेल रहेका छन् ।

भारतीय नागरिक सीता पटेलले जिल्ला प्रशासन कार्यालय पर्सामा झुठो विवरण पेश गरी कविता कुमारी पटेलको नामबाट २०७० साल पुष ११ गते नेपाली नागरिकताको प्रमाण पत्र लिएकी थिइन् ।

नागरिकता बनाउने बेला धुरुप पटेलले सीतालाइ आफनो आफनी छोरी कविता पटेल भनेर सनाखत गरेका थिए ।भारतीय नागरिक सीताले झुठो विवरण पेश गरि नागरिकता लिएको भनेर उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले सीता र धुरुपलाइ वीरगन्ज १३ श्रीपुरबाट बुधबार पक्राउ गररि आज सार्वजनिक गरेको हो ।

प्रहरीले नियन्त्रणमा लिएर सिताको ब्याग खानतलाशी गर्दा जिल्ला प्रशासन कार्यालय पर्साबाट २०७० साल पुष ११ गते जारी भएको नागरिकता प्राप्त नंबर ३४–०१–७०–१०३५२ को नागरिकता बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले सीताबाट बरामद भएको नागरिकतबाारे अुसन्धान गर्दा झुठो विवरण पेश गरेको पुष्टि भएपछि नागरिकता बनाउन नक्कली बुबा भनेर सनखात गरेका धुरुपलाइ पनि बुधबार नै नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो । दुवै जनालाई नागरिकता सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको खनालले बताउनुभयो ।