विश्वकैै सबैभन्दा लामो लिंगधारी पुरुष सडकमा माग्दै



वासिङ्टन, (एजेन्सी) ।

आफ्नो संवेदनशील अंग विश्वकै सबैभन्दा लामो भएको दाबी गर्ने एक पुरुषले वास्तविकता प्रमाणित गर्न क्यामेरासामु नै सो अंगका वजन जोख्न लगाएका छन् ।

‘रोबर्टाे एस्क्विभेल क्यावरेरा’ नामक ती मेक्सिकन पुरुषको लिंगको लम्बाइ १८ दशमलव ९ इन्च रहेको सञ्चारमाध्यम टिएमजेडले जनाएको छ । साल्टिल्लो सहरस्थित आफ्नै घरमा जोखिएको उनको लिंगको वजन २१ पाउन्ड रहेको छ । यसै अनौठो आकारको अंगको आधारमा उनी ‘गिनिज बुक अफ रेकर्डस्’मा आफ्नो नाम लेखाउन चाहन्छन् । ५२ वर्षीय रावर्टोले आफ्नो दाबीमाथि शंका गर्नेहरूलाई गलत सावित गर्न लिंगको एक्सरेसमेत गराएका छन् । तर, डाक्टरहरू भने उनको लिंगको झन्डै १३ इन्च केवल छाला मात्र हुनुपर्ने बताउँछन् ।

तर, उनी आफ्नो गुनासोसमेत यसरी बताउँछन्– ‘लौ, हेर्नुहोस्, यो घुँडा मुनिसम्म पुग्छ । यसैको कारण म केही पनि गर्न सक्तिनँ । म अशक्त छु । म स्थानीय सरकारी निकायले मलाई शारीरिकरूपमा अशक्त व्यक्ति घोषित गरियोस् भन्ने चाहन्छु । त्यसपछि म गिनिज उपाधि लिन चाहन्छु ’।

मेक्सिकोको उत्तर–पूर्वी भागमा रहेका साल्टिल्लोका बासिन्दा उनी यसअघि अमेरिकी पुरुष जाहान फाल्कोनले कायम गरेको यससम्बन्धी कीर्तिमान तोड्ने बताउँछन् । फाल्कोनको लिंगको लम्बाइ १३ दशमलव ३८ इन्च रहेको बताइएको छ । एकल जीवन बिताउने क्याबरेरा खानासमेत मागेर खाने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्