प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

294
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

प्रम देउवा र प्रचण्डबीच आज बिहान ९ बजे भेटवार्ता भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटरमा भएको सो भेटवार्तामा मन्त्रिपरिषद बिस्तारबारे छलफल भएको जनाइएको छ ।