जसपा कार्यकारिणी समितिको बैठक बस्दै, ठाकुर पक्ष सहभागी नहुने

238
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । बैठक आज २ बजे दिउसो पार्टी कार्यालय बालकुमारीमा बस्ने भएको हो ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बस्न लागेको बैठकमा सरकारमा सहभागिता, संसदीय दलको नेता चयन लगाएतका विषयमा छलफल हुने जनाइएको छ । निर्वाचन आयोगबाट पार्टी आधिकारिकता पाएपछि जसपाको यो पहिलो बैठक हो ।

त्यस्तै, बैठकमा ठाकुर-महतो पक्ष भने सहभागी नहुने भएको छ ।