सुनचाँदी व्यवसायद्वारा स्पष्ट कानुन ल्याउन आग्रह

154
Shares

काठमाडौ, (नेस) ।

प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष्ँ नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीले भेट गरी सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी स्पष्ट ऐन ल्याउन आग्रह गरेका छन् ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवासँग स्पष्ट ऐन तथा नीति निर्देशिकाको अभावमा व्यवसाय सञ्चालनमा कठीनाई उत्पन्न भएको भन्दै यथाशीघ्र ऐन निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

त्यसक्रममा प्रधानमन्त्री देउवाले महासंघले राखेमा माग सम्बोध नगर्न पहल गर्ने आश्वासन दिनुभयो । उहाँले व्यवसायीमाथि परेमा समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो । प्रधानमन्त्री देउवासँगको भेटका क्रममा महासंघका अध्यक्ष शाक्यले सुनचाँदी व्यवसायमा देखिएका समस्याका विषयमा जानकारी गराउनुभएको थियो ।