भीरबाट लड्दा मृत्यु

14
Shares

संखुवासभा, (नेस) ।

संखुवासभाको सिलिचोङ गाउँपालिका–१ मा भीरबाट लड्दा एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो सिसुवाको चेपचेवा भीरबाट लड्दा २१ वर्षीय दिनेश राईको ज्यान गएको हो ।

राई स्थानीय स्वास्थ्य चौकीको फर्निचर बोकेर जाँदै गर्दा बाटोमा रहेको भीरबाट २ सय मिटर तल खोलामा खसेका थिए । साँघुरो बाटोका कारण फर्निचर भित्तामा ठोकिँदा उनी भीरबाट लड्न पुगेको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका इन्स्पेक्टर सुभेष अधिकारीले बताउनुभयो ।

मृतक राईको टाउको र छातीमा गम्भीर चोट रहेकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।