बैँक ठगीको अभियोगमा भण्डारी पक्राउ

54.33k
Shares

काठमाडौं (नेस) ।

मुक्तिनाथ विकास बैंकको पैसा नभएको चेक दिएर ठगी गर्न खोजेको अभियोगमा बुढानीलकण्ठ नगरपालिका ४ हात्तीगौँडा बस्ने नीता भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंले ठगी गरेको अभियोगमा भण्डारीलाई चेक बाउन्स मुद्दामा १० लाख बिगो भराउने र ४ दिन कैद तोकिएकोमा भण्डारी फरार हुँदै आएकी थिइन् ।

फैसला कार्यान्वयन गर्ने क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई पक्राउ गरी जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ ।