सुर्खेतका स्थानीय तहमा बैंक थप्न माग

126
Shares

दीपेन्द्र शर्मा, सुर्खेत ।

सुर्खेतका जनप्रतिनिधिहरुले स्थानीय तहमा बैंक थप्न माग गरेका छन । सामाजिक सुरक्षा भत्ता लिन जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई निकै सकस परिरहेको छ ।

सुर्खेतका स्थानीयतहका प्रमुखहरुले आफनो स्थानीय तहमा एक मात्रै बैंक भएकोले त्यो संख्या कम हुदा सेवा प्रवाहमा समस्या भएकोले बैंकहरुको संख्या थप्न माग गरेका हुन ।सामाजिक सुरक्षा भत्ता लिन जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई निकै सकस परिरहेको छ ।

स्थानीय तहमा एक मात्रै बैंक हुदा पालिकाहरुवाट वितरण हुने सामजिक सुरक्षालगाएतका भत्ता वितरणमा समस्या भएको चिङ्गगाड गाउपालिका अध्यक्ष देववहादुर चन्दले वताउनुभयो । गाँउपालिकामा एक मात्र बैंक हुदा समस्याभएकोले भुगोल हेरेर अरु थप बैंक संचालन गर्नु पर्ने अध्यक्ष चन्दले बताउनुभयो । “७० देखि ९० वर्षका जेष्ठ नागरिकहरुले सामजिक सुरक्षा भत्ता लिन आफै हिडेर आउन सक्दैनन, मान्छे लगाएर बैंक भएको ठाँउसम्म ल्याउन ५ हजार भाडा लाग्छ, अनि खर्च धेरै हुन्छ वुझेको रकम भन्दा भाडा धेरै लाग्छ” उहाँले भन्नुभयो ।

आम्दानी भन्दा खर्च धेरै हुने योजना त्यो प्रभावकारी भएन, भुगोल अनुसारको सेवाप्रवाह भएको छैन अव सिस्टम चेन्ज गर्नुपर्छ उहाँले भन्नुभयो । सिस्टम चेन्ज नगरे यस्तो अवस्थामा सामजिक सुरक्षा भत्ता दिन समस्या हुने चन्दको भनाई छ ।

पालिकामा एक मात्र बैंक हुदा जेष्ठ नागरिकका लागि वैंकिंक प्रणाली झण्झटिलो भएकोले पालिकाको भुगोल तथा जनसंख्या अनुसार बैंकहरु थप्नुपर्ने पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रवहादुर थापाले बताउनुभयो । “जेष्ठ नागरिकको खाता खोल्नमा निकै समस्या भएको छ, भौगोनिक विकटताले गर्दा बैंक भएको ठाँउ सम्मआउन जेष्ठ नागरिकलाई समस्या भएकोले बैकलेले गाँउमा जानुपर्छ ” उहाँले भन्नुभयो । स्थानीय तहहरुमा कम्तिमा ३/४ वटा बैंकहरु स्थापना गर्नुपर्छ थापाले बताउनुभयो । भुगोल ठुलो र वस्ती धेरै टाढा भएकोले अवस्था हेरेर बैंकहरु थप्नुपर्ने थापाको भनाई छ ।

सामाजिक सुरक्षा भत्ता बुझ्न जेष्ठ नागरिकहरु अरुकै साहारामा बैंक भएको ठाँउमा आउनुपर्ने भएकोले समस्या भएको भेरीगंगा नगरपालिकाका उपप्रमुख रेनु आचार्यले बताउनुभयो । “गाँउबाट बैंक भएको ठाँउसम्म आउन करीब पाँच घण्टा समय लाग्छ, आफै हिड्न सक्दैनन दुर्गम गाँउमा यातायातका साधन चल्दैनन, सारै समस्या भएको छ”उहाँले भन्नुभयो । अरुको साहारामा बैंकमा आउदा भीडका कारण लाइनमा बस्नुपर्छ त्यस्तो अवस्थाको अन्त्य गर्न जेष्ठ नागरिकहरुको हकमा घरमै पुरयाउने ब्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । सरकारले दिएको सामजिक सुरक्षाको भत्ता लिन पनि निकै सास्ती खेप्नु पर्छ उपप्रमुख आचार्यको भनाई छ ।

जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाइ सहजताका लागी बैंकहरु संग पहल भइरहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक अनुज भण्डारीले जानकारी दिनुभयो । कतिपयको बैक खाता खोल्नु पर्ने तथा अध्यावधिक गर्नु पर्ने भएकोले बैंकमा स्वयम ब्यक्ति आफै उपस्थित हुनुपर्ने ब्यवस्था भएको निर्देशक भण्डारीले बताउनुभयो । “एक वर्षमा एक पटक सामजिक सुरक्षा भत्ता लिन जादा हुन्छ , वैकंमा भिडभाड गर्न पाइदैन ,जेष्ठ नागरिकलाई लाइनमा बसालेर धेरै कुराउनु राम्रो होइन , स्थानीय तहको सहजीकरणमा बैंकहरु घरमै गएर सेवाप्रवाह गर्नुपर्छ” उहाँले भन्नुभयो ।

पालिकाको सहजीकरणमा घरमा गएर खाता खोल्ने तथा भत्ता वापत पाउने रकम भुत्तानी गर्नुपर्ने भण्डारीले बताउनुभयो ।भण्डारीका अनुसार कतिपयको अरुले निकालेर विचमै रकम हिनामिना गरिदिने भएकोले स्वयम ब्यक्ति आफै आएर रकम भुक्तानी दिने ब्वस्था गरिएको हो । सामाजिक सुरक्षा भत्ता लिन जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई निकै सकस परिरहेको छ ।