न्युज अफ नेपाल, काठमाडौँ ।
एमालेका अध्यक्ष केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । विप्लवसहित खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धमेन्द्र बस्तोला धेटवार्ताका लागि ओली निवास बालकोटमा पुगेका थिए ।
उक्त भेटमा गत फागुन १ मा ओली सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनमा भइरहेको ढिलाई बारे छलफल भएको जनाइएको छ । भेटमा विप्लव समूहले उक्त सहमति चाडै कार्यान्वयनमा ल्याउन माग गरेका छन् ।
प्रतिक्रिया