फ्रान्सका खोप वितरण केन्द्रहरुमा आक्रमण

1.97k
Shares

पेरिस, (एजेन्सी)

सरकारले लागु गरेको कोरोना भाइरससम्बन्धी कडा नीति नियमको विरोध गर्ने क्रममा फ्रान्समा प्रदर्शनकारीहरुले दुईवटा खोप वितरण केन्द«मा तोडफोड तथा हुलदंगा गरेका छन् । दक्षिण पूर्वी फ्रान्सको एक केन्द्रमा शुक्रवार राति भएको ति आक्रोसित भिडले आगजनी समेत गरेको प्रहरीले जनाएको छ ।

त्यसको भोलिपल्टै दक्षिण पश्चिमी भागमा रहेको अर्को खोप वितरण गर्ने क्लिनिकमा पनि आगजनी सहितका आक्रमण भएको थियो । कोभिड १९ सम्बन्धमा लागु गरिएका नियमहरु प्रति असन्तुष्टि जनाएर गत सप्ताहान्त देखि प्रदर्शन शुरु गरेका हुन् । बढ्दो कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लागु गरिएका नियम विरुद्ध शनिवार फ्रान्सभरि आयोजित सडक प्रदर्शनमा एक लाख भन्दा बढी मानिसको सहभागिता रहेको थियो ।

तिनीहरुले राष्ट्रपति इमान्युयल म्याक्रोँको सरकारले आफुहरुको स्वतन्त्रता हनन गरेको आरोप लगाएका छन् । दक्षिण–पुर्वी शहर ग्रेनोवल नजिकको लान्स एन भर्कोसमा खोप विरुद्ध भित्ता लेखन समेत भएको छ ।

यसैगरी राजधानी पेरिसमाआयोजित एक विरोध -यालीमा मार्टिने वोन्नर नामक राजनीतिज्ञले सरकारको कोभिड नीतिको समर्थन गर्ने विधायकहरुका कार्यालय कब्जा गर्न प्रदर्शनकारीहरुलाई आब्हान गरेका थिए ।