मन्त्री बनाइदिन मैले कसैलाई आग्रह गरेकै छैन : पूर्वमन्त्री आले

308
Shares

विमल विष्ट, डोटी ।

निर्वतमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूलाई विना आधारको आरोप लगाएको बताउनु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्री बनाउन आग्रह गरेको भनेर बिभिन्न सञ्चार माध्यममा समाचार प्रकासित भएको प्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको समेत उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “केपी शर्मा ओलीलाई छाड्ने पक्षमा आफु नरहेको र मन्त्री बनाउन मैले माग गरेको पनि छैन, निराधार आरोप लगाइयो, यस्तो गलत प्रचार नगरौँ ।”ठूलै पद दिएपनि आफु कुनै हालतमा केपी शर्मा ओलीको साथ छाड्ने पक्षमा नरहेको उहाँको भनाइ छ ।

साथै उहाँले आफु मन्त्री बन्नका लागि कसैलाई भेट्न नगएको दाबी समेत गर्नुभयो । उहाँले थप भन्नुभयो, “मैंले शेरबहादुर देउवालाई भेटेको छैन, सत्य तत्थ्य बिनाका समाचार नलेख्नुस, प्रमाण छ म भेट्न भएको र मन्त्री पद मागेको ?

भ्रामक समाचारको खेती गर्न बन्द गरौँ, गलत अभवाह नफैलाउँ ।” निर्वतमान वन तथा वातावरणमन्त्री आले एक हप्तादेखि ढाडको नशा च्यापिएर ब्लु लोटस अस्पतालमा उपचार गराइ रहनु भएको छ ।

एमाले पार्टी एक हुनु पर्नेमा आफ्नो जोड भएकाले मैले मन्त्री पद माग्ने विषय भनेको कल्पना भन्दा बाहिरको कुरा भएको उहाँको जिकिर छ । आफुले कसैलाई पनि नभेटेको र मन्त्री बनाउनका लागि आग्रह पनि नगरेकाले गलत समाचार नलेखिदिन तथा नबुझिदिन समेत उहाँले सबैमा आग्रह गर्नु भएको छ ।