राष्ट्रपतिद्वारा प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान

238
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक आह्वान गरेकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठको सिफारिसमा राष्ट्रपति भण्डारीले साउन ३ गते अपरान्ह ४ बजेको लागि बैठक आह्वान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम असार ३१ गते बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालय शीतल निवासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।