कान्समा गहना चोरी


फ्रान्समा चलिरहेको ७४औ कान्स फिल्म फेस्टिभल विभिन्न देशका सेलिब्रेटीको जमात, उनीहरुको फरक किसिमका स्टाईल र कपडाका कारण चर्चाको विषय बनिरहेको छ। तर अभिनेत्री तथा मोडल जोडी टर्नर स्मीथको लागि भने फेस्टिवल खराव सावित भएको छ।

खवरअनुसार क्रोसिएटको म्यारीयट होटलमा बसीरहेकी स्मीथको होटलबाटै पारिवारीक गहना चोरी भएको छ। खाजा खान गएको बेला चोरले कोठामा पुगेर उनको महंगा गहना चोरेको समाचारमा उल्लेख छ। चोरीको घटनापछि उजुरी दिन स्मीथ प्रहरी स्टेशन पुगेकी थिईन्।आफ्नो निकै महत्वपुर्ण गहना हराएपछि उनलाई गहिरो धक्का पुगेको छ। हराएको गहनामा उनकी आमाको विवाहको औंठीसमेत थियो। आफ्नी एक वर्षिया छोरीका साथ पहिलोपटक कान्स फिल्म फेस्टिभलमा भाग लिन गएकी स्मिथ फिल्म आफ्टर यङको प्रचारका लागि रेड कार्पेटमा सहभागी भएकी थिइन्।

घटनालगत्तै उनलाई म्यारीटल होटलबाट म्याजेस्टि होटलमा सारेर उनको सुरक्षामा कडाई गरिएको छ भने सुरक्षा गार्ड हरेक पल उनीसँगै रहने व्यस्था गरिएको छ। उनले रेड कार्पेटमा लगाएको उक्त गहनाले निकै चर्चा बटुलेको थियो। यस भन्दा अघि पनि कान्स फिल्म फेस्टिभलमा गहना चोरीको घटना बाहिरीएको थियो। ६ जुलाईबाट सुरु भएको कान्स फिल्म फेस्टिभल १७ जुलाईसम्म जारी रहनेछ।