लिम्बु भाषामा गीत


गायक डिल्ली फोम्बोले लिम्बु भाषाको गीत फुङवा साम्लो सार्वजनिक गरेका छन्। दिल सिंह मेयांग्बो (मेनिनम्याङ) को रचनामा गायक फोम्बोकै संगीतमा तयार भएको गीतमा लिम्बु समुदायको मुन्धुममा बर्णन गरिएअनुरुप बिभिन्न फुललाई मानब जीवनका बिभिन्न पक्षसँग प्रतिकको रुपमा बयान गरिएको छ।

मुन्धुममा बर्णन गरिएअनुसार सिल्लरी (धनियाँ) फुल मानब चोलाको प्रतीकात्मक फुल हो भने बाबरी फुललाई अनिस्त्ठ प्रेतात्माको फुलको रुपमा लिइन्छ। त्यसै गरी पट्पटे फुललाई तन्नेरीको प्रतिक फुलको रुपमा लिइन्छ। मुन्धुममा यस्तै अन्य अनेकौं फुललाई बेग्लाबेग्लै प्रतीकको रुपमा बर्णन गरिएको छ। तर सबैलाई छोटो गीतमा समेट्न असम्भव भएकाले गीतमा केही मुख्य फूलको मात्र बर्णन गरिएको गायक फोम्बो बताउँछन्।गीत सम समीरको संगीत संयोजनमा तयार भएको छ भने एडम लिम्बुले यसको म्युजिक भिडियो सम्पादन गरेका छन्।