एलिनाको क्या हिरो भएछ


गायिका एलिना चौहानको रोमान्टिक गीत क्या हिरो भएछ सार्वजनिक भएको छ। गीतकार एवं निर्देशक विष्णु विक्रम निरौलाको गीतको लिरिकल भर्सनमा धनकुटा खवर युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतमा एम के निरौलाको कम्पोज र विशाल निरौलाको एरेन्जमेन्ट रहेको छ। गीतको म्युजिक भिडियोमा कोरियोग्राफरसमेत रहेका कलाकार सुमन योगी, मोडल सिम्रन कार्की, नुमाफुङ लिम्बु, आस्था भुजेल, करुणा लिम्वु, सुजन राई, बाल कलाकार विश्वास बस्नेत र सनुजा राईलगायतले अभिनय गरेका छन्।

म्युजिक भिडिण्योमा प्रनेश राई (यात्री ब्रोज) को छायांकन, सुमन योगीको नृत्य निर्देशन र विष्णु विक्रम निरौलाको निर्देशन रहेको छ। तर मेमोरी कार्ड खरावीका कारण उक्त भिडियो तत्काल सार्वजनिक गर्न नसकिएको निर्देशक निरौलाले बताए।