रजनीकान्तद्वारा राजनीतिबाट सन्यास घोषणा


दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तले राजनीतिबाट सन्यास लिएका छन्। उनले सोमबार एक वक्तव्यजारी गर्दै पार्टी रजनीमक्कल, मंद्रमबन्द गरेका छन्।

पार्टी पदाधिकारीहरूको छलफल पश्चात् लिएको निर्णयपछि उनले भविष्यमा आफू राजनीतिमा कहिल्यै नफ र्कने तर आफ्नो पार्टीमा संलग्न व्यक्तिहरू अन्य पार्टीमा जान स्वतन्त्र भएको तथा उनीहरूले आफू रजनीकान्तको फ्यान भएको कुरा भुल्ननहुने बताएका थिए। योसँगै उनको संगठन फ्यान क्लब एसोसियसनको नामबाट नयाँ रूपमा अघि बढ्नेछ भने उक्त समूह सामाजिक कार्यमा सक्रिय रहनेछ ।

गत डिसेम्बरमा स्वास्थ्य समस्याको कारण देखाउँदै आपूचुनावी राजनीतिबाट टाढा रहने बताएकाथिए। चुनावमा नउत्रिकनै मानिसको सेवामाभने आफू लागिरहने उनको भनाइ रहेको थियो। ‘यो निर्णयले मेरा फ्यानहरू निराशहुनुहोला। तर, मलाई माफगरिदिनुहोला’ उनले भनेका छन्।