सर्ट फिल्ममा एडिक


लागुऔषधका कारण उत्पन्नविकृति र विसंगतिलाई आधार बनाएर निमार्ण गरिएको सत्य घटनामा आधारित लघु फिल्म एडिक बुढा सुब्बा डिजिटलबाट सार्वजनिक गरिएको छ।

शंकर अधिकारी घायलको लेखन र निर्देशनमा बनेको लघु फिल्ममा आँखा चिम्लेर कसैलाई विश्वास र माया गर्दा जिन्दगी कसरी नर्क बन्छ भन्ने कथा वस्तु बुनिएको छ। फिल्ममा सविना केसी, करण साउद, शिखा पौडेल, पदम अधिकारी लगायतले अभिनय गरेका छन्। फिल्ममा दिवस गुरुङको छायांकन, अञ्जलीथापाको सम्पादन, कला राईको निर्माण र शंकर अधिकारी घायलको लेखन तथानिर्देशन रहेको छ।