आलिया अब हलिउडतिर

1.9k
Shares

बलिउड अभिनेत्री आलिया भट्ट आफ्नो अभिनय दमका कारण फिल्म क्षेत्रमा छुट्टै नाम बनाउन सफल छिन्। कोरोना महामारीका कारण फिल्म क्षेत्र ठप्प भए पनि आलियाको व्यस्तता भने उस्तै छ।

उनका केही फिल्म रिलिजको तयारीमा छन् त केहि फिल्मको शुटिङ पूरा भएको अवस्थामा छ। हाल आलियाको हातमा थुप्रै बलिउड प्रोजेक्ट छन् भने छिट्टै फिल्म आरआरआरमार्फत दक्षिण भारतीय फिल्म उद्योगमा पनि पाइला राख्दै छिन्। यहीबीच अब आलिया हलिउड फिल्म क्षेत्रसँग पनि जोडिन लागेकी छिन्। वेब दुनिया डट कमका अनुसार आलियाले हालै एक चर्चित हलिउड ट्यालेन्ट म्यानेजमेन्ट एजेन्सीका साथ कन्ट्रयाक्ट साइन गरेकी छिन्। उक्त कम्पनी हलिउडको पुरानो एजेन्सीमध्ये एक हो, जसले वर्षौंदेखि फेसन, मिडिया, इभेन्टलगायतको व्यवस्थापन गर्दै आइरहेको छ। आलियाले उक्त ऐजेन्सीसँग कुन कार्यको लागि सम्झैता गरेकी हुन्, त्यो भने बाहिर आइसकेको छैन। उनले हालै मात्र आफ्नो प्रोडक्सन हाउस पनि खोलेकी छिन्, जसमार्फत फिल्म डार्लिङ्सको निर्माण गर्दै छिन्। यसमा उनी आफैँ पनि देखिँदै छिन्। त्यस्तै, हालै मात्र निर्देशक सञ्जय लीला भसालीको फिल्म गंगुबाई काठियावाडीको शुटिङ सकाएकी छिन्।ब्रह्मास्त्र, तख्त, रकी और रानीलगायत उनको फिल्म रिलिज हुन बाँकि छ।