जंगलमा दाँत र केशसहितको ‘बोक्सीको सिसी’ भेटियो


लन्डन, एजेन्सी ।

हालै ४८ वर्षीय क्रिस ल्यान्गस्टन नामक एक व्यक्तिले वेलायतमा आफ्नो घर नजिकको जंगलमा घुम्ने क्रममा एउटा अनौठो सानो सिसी फेला पारेका छन् । साउथवेस्ट न्युज सर्भिसका अनुसार जंगलको एक छेउमा रहेको फुटेका भाँडाकुडाहरुको थुप्रोमा उनले तरल पदार्थमा मानव दाँत र केश डुबाएको अवस्थामा सो सिसी फेला पारेका हुन् । पहेँलो रंगको सो तरल पदार्थ पिसाब हुनुपर्ने अनुमान गरिएको छ ।

ल्यान्गस्टनले त्यहाँ वरपर भेटिएका कचौरा अन्य वस्तुहरुको आधारमा त्यो सिसी कमसेकम सन् १९०० देखि १९१० बिचको हुनुपर्ने बताएका छन् । उनी त्यस जंगलमा भेटिएका रहस्यात्मक वस्तुहरु बारे यस्तो भन्छन् , ‘मैले निलो रंगको विषको सिसी र भाँचिएको पुतली पनि भेटाएको छु । तिनीहरु पनि सन् १९०० तिरकै हुनुपर्छ । मैले दाँत भएको सिसीबारे केहि अनलाइन अनुसनधान गरें । पछि यो सन् १८६० तिरको हुनुपर्ने र यो बोक्सीहरुले प्रयोग गरेको हुनसक्ने पत्ता लगाए । मन्त्र फुक्दै जादु र टुनामुना गरेर अरुलाई हानी पु¥याउने उद्देश्य सहित यस्ता वस्तुहरु फाल्ने गरिन्छन् । वास्तवमा यस्ता कुरामा विश्वास लागद्यनै थियो । तैपनि खतरा नमोल्ने हिसाबले मैले सिसी भेटेकै स्थानमा लगेर गाडिदिएको छुं । ’