लामालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

4.2k
Shares

ख्यातिप्राप्त गायक तथा अभिनेता जयनन्द लामालाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिने भएको छ।

गायक तथा अभिनेता लामालाई राष्ट्रिय काठे लोकदोहोरी अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिने भएको हो। राष्ट्रिय काठे लोकदोहोरी अवार्ड आगामी असोज महिनाको पहिलो साता हुँदै छ। अवार्ड सुनाखरी मल्टिमिडिया फाउन्डेसनले आयोजना गर्न लागेको हो।

फाउन्डेसनका अध्यक्ष माधव थापाका अनुसार आगामी असोज ७ गते राष्ट्रिय सभागृहमा आयोजना गरिने कार्यक्रममा विभिन्न ३२ विधामा अवार्ड प्रदान गरिनेछ । फाउन्डेसनको बैठकले गायक तथा अभिनेता लामालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने निर्णय गरेको हो। अवार्ड समारोहमा सर्वोकृष्ट गायक, गायिका, शब्द संकलन, संगीत, मोडल, नवप्रतिभालगायत ३२ विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।