नेप्से दोहोरो अंकले वृद्धि



काठमाडौं, (नेस)

नेपाल स्टक एक्सचेन्ज (नेप्से) आइतबार दोहोरो अंकको सुधार देखिएको छ । यस दिन नेप्से २७ दशमलव ३८ अंकले बढेर २८७० दशमलव ३८ बिन्दुमा पुगेको छ । कुल २२७ वटा कम्पनीको २ करोड ९ लाख ७४ हजार कित्ता शेयर ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार रुपियाँमा खरिद बिक्री भएको छ। गत बिहीबार पनि ७ अर्ब बढीको शेयर कारोबार भएको थियो । परिसूचक वृद्धि भए पनि कारोबार रकम भने घटेको छ ।
यस दिन कारोबारमा आएका १३ वटा उपसमूहको सूचमकध्ये ६ समूहको सूचक बढृ भने बाँकी ७ समूहको सूचक घटेको छ। जसमध्ये बैकिङ समूहको सूचक २ दशमलव शून्य १ प्रतिशत, हाइड्रोपावर समूह २ दशमलव ६७ प्रतिशतले बढेको छ। फाइनान्स समूहको सूचक भने सबैभन्दा धेरै १ दशमलव ७६ प्रतिशतले घटेको छ। आइतबार नेसनल हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै ४० करोड ७० लाख रुपियाँको शेयर कारोबार भएको छ ।

साथै सेञ्चुरी कमर्सियल बैंकको ३७ करोड ८३ लाख, नेपाल पुनर्बीमा कम्पनीको ३४ करोड १८ लाख र जलविद्युत् लगानी तथा विकास कम्पनीको २५ करोड ८८ लाख रुपियाँको शेयर कारोबार भएको छ। यस दिन सेञ्चुरी कमर्सियल बैंक र अपर तामाकोसी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।त्यस्तै युनाइटेड इदि मर्दि हाइड्रोपावरको शेयरमूल्य ७ दशमलव २५ प्रतिशतले बढेको छ भने रिद्धि हाइड्रोपावरको ६ दशमलव २६ प्रतिशतले बढेको छ। तर, गोर्खाज फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ४ दशमलव ३७ प्रतिशतले घटेको छ । त्यस्तै प्रोग्रेसिभ फाइनान्स, रिलायन्स फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, युनियन हाइड्रोपावरलगायतका कम्पनीका लगानीकर्ता भने गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्