यो साता लगानीकर्ताले ठुलो रकम गुमाए



काठमाडौं, नेस ।

 शेयर बजारमा यस साता लगानीकर्ताले ठूलो रकम गुमाएका छन् । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचकमा आएको उच्च गिरावटसँगै लगानीकर्ता पनि गुमाएका हन् । यस साता नेप्से ४ दशमलव २३ प्रतिशत अर्थात १२५ दशमलव ४३ अंकले गिरावट आउँदै परिसूचक २८४३ बिन्दुमा झरेको छ । यससँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको कुल बजार पुँजीकरण पौने २ खर्ब रुपियाँ घटेको छ । अघिल्लो साता कारोबार बन्द हुँदा ४१ खर्ब ३९ अर्ब रुपियाँ रहेको बजार पुँजीकरण यस साता १ खर्ब ८९ अर्ब रुपियाँले घटेर ३९ खर्ब ४९ अर्ब रुपियाँमा सीमित भएको छ।

त्यसैगरी यस साता कारोबार रकममा पनि भारी कमी आएको छ । यस साता विभिन्न कम्पनीको १० करोड २२ लाख कित्ता शेयर ४९ अर्ब १२ करोड रुपियाँमा किनबेच भएको छ । अघिल्लो साता ८१ अर्बभन्दा बढीको कारोबार भएको थियो । त्यस्तै यस साता नेप्सेका सबै समूहको परिसूचकमा गिरावट आएको छ । जसमध्ये विकास बैंक समूह सबैभन्दा धेरै साढे ७ प्रतिशत र लगानी समूहको सबैभन्दा कम शून्य दशमलव ८५ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्