बझाङ ।
बझाङको खतडछान्ना गाउपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागी करिब साढे ३८ करोड रुपैया बराबरको बजेट गाउँ सभामा पेश गरेको छ । गाउँ सभा उपाध्यक्ष पाउसरा थापाले नवौँ गाउँ सभा बुधबार आ व २०७८/०७९ का लागि रु ३८ करोड ९७ लाख २ हजार बराबरको बजेट बिनियोजन गरेको छ ।
आन्तरिक आय स्रोतलाई सुधारात्मक बनाउन दायराहरु फराकिलो गरी करका दरहरु संशोधन गरिएको गाउँ सभा उपाध्यक्ष थापाले बताईन । गाउँ सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँ पालिका अध्यक्ष बर्ख बहादुर रोकायाले कृषि तथा पशुपालन, पर्यटन, संस्कृति, वित्तीय क्षेत्र, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, खेलकूद, संचारमा बिशेष जोड दिएर गाउँपालिकाले बजेट बिनियोजन गरेको छ ।
साथै खप्तडछान्ना गाउँपालिका वडानं ७ मा कार्यरत धेरै लामो समय सेवाक्षेत्रमा लागि सेवा दिदै आउनु भएका कार्यालय सहयोगी कर्मचारी सुर्जन बहादुर सिंहलाई पचास हजार नगद सहित खादा लगाई सरसम्मान साथ बिदाई गरेको छ ।
प्रतिक्रिया