निशासँगै विपद् व्यवस्थापनलाई सहयोग


चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याण कोषका संयोजक वसुन्धरा भुसालले नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री तथा मोडल निशा घिमिरेको परिवारलाई उपचार सहयोगका एकाउन्न हजार रुपियाँ हस्तान्तरण गरेका छन्। निशाको निवास बुंगमतीमा गएर उनका पिता प्रेमप्रसाद घिमिरेलगायतका परिवारलाई रकम हस्तान्तरण गरिएको हो।

बोर्ड अध्यक्ष दाहाल र संयोजक वसुन्धरा भुसालले चासो लिई निशालाई सहयोग रकम प्रदान गर्ने निर्णय गरेबमोजिम सो रकम हस्तान्तरण गरिएको हो। अभिनेत्री भुसाल कोष स्थापना भएदेखि संयोजक छिन्। कोषलाई स्थापित गराउन उनको महङ्कवपूर्ण योगदान रहेको छ। संघको समन्वयमा कलाकार रचना पौडेलले निशाको परिवारलाई तीस हजार रुपियाँ प्रदान गरेकी छिन्।यसैबीच, बोर्डले हालै मात्र चलचित्रकर्मी विपद व्यवस्थापन कोष गठन गरेको छ। बोर्डलाई संघको केन्द्रीय कार्यालय र युके शाखाको तर्फबाट ३० र २५ गरी ५५ हजार रुपियाँ बोर्ड अध्यक्ष दाहाललाई संघका अध्यक्ष रवीन्द्र खड्का र शाखा युकेका उपाध्यक्ष सुरेशराज पाठकले हस्तान्तरण गरेका छन्। संघका अध्यक्ष रवीन्द्र खडकाले विपद व्यवस्थापनकोषलाई क्रियाशील बनाई आपत–विपत पर्दा फिल्मकर्मीलाई सहयोग गर्न सकिने कुरालाई मध्यनजर राख्दै सहयोग गर्न अनुरोध गरेका छन्। कोषलाई सञ्चारकर्मी स्वतन्त्र महर्जनले पनि ५ हजार ५ सय ५५ रुपियाँ सहयोग गर्ने जनाएका छन् भने संघका उपाध्यक्ष तथा प्रव्क्ता मोहन निरौलाले १० हजार ५ सय रुपियाँ प्रदान गरेका छन्।बोर्डका अध्यक्ष दाहालले कलाकार संघले भर्खरै गठन कोषलाई सक्रिय बनाउन रकम प्रदान गरेर क्रियाशील

ता देखाएकोमा आभार प्रकट गरे। उनले यसै वर्षभित्र बोर्डबाट केही रकम निकासा गराउने वचनबद्धता प्रकट गरे। फिल्मकर्मीलाई प्राकृतिक र अन्य कारणबाट विपद् पर्दा यो कोषबाट सहयोग हुने गरी हालै कोष गठन गरिएको हो। कोषमा फिल्मका पेसागत संस्थाहरुको प्रतिनिधित्व रहेको सञ्चालक समिति गठन गरिएको छ।