राज्यको ध्यान केन्द्रित होस्: जितु नेपाल


कहिले भूकम्प, कहिले पहिरो कहिले बाढी, सिन्धुपाल्चोक जिल्लामा जहिले पनि पीडा, आपत–विपत र धनजनको क्षतिका घटनाले सधैं मन रुन्छ, सधै दुःखी हुन्छु। आज फेरि मन रोएको छ, मन दुःखेको छ।

वर्षायामको शुरुआतमै इन्द्रावती खोलामा आएको बाढीले मेलम्ची बजारलगायतका स्थानमा ठूलो क्षति पु–याएको छ। आपत–विपत र पीडाले सबैलाई रुवाएको छ। यस विपतको घडीमा बेपत्ताहरुको सकुशल उद्वार, घाइतेहरुको शिघ्र स्वास्थ्यलाभ, पीडितहरुलाई यथाशिघ्र क्षतिपूर्तिका साथै, यस बाढीमा परी ज्यान गुमाउनुभएका सबैको मृत आत्माको चीर शान्तिको कामनासहित श्रद्धाञ्जलि र शोकाकुल परिवारमा हार्दिक समवेदना व्यक्त गर्दै उक्त घटनामा स्थानीय निकाय, राज्य सरकार, केन्द्र सरकारलगायत सबैको ध्यान केन्द्रित होस भन्ने अनुरोधसहित, यस विपतको घडीमा उद्धारमा खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी स्थानीय क्लब सँघ संस्थालगायत सबैमा हार्दिक धन्यवादसहित नमन गर्न चाहन्छु । साथै, देशका अन्य स्थानमा पनि बाढी पहिरोले गरेको क्षति र विनाशमा पर्नुभएका हरको उद्धार र क्षतिपूर्तिमा सम्बन्धित निकाय र राज्यको ध्यान केन्द्रित होस् भन्ने अनुरोध गर्दछु। हे भगवान् कति पीडा दिन्छौ निर्दोश जनताहरुलाई ?