सरकारको ध्यान जाओस्: सुनीता दुलाल


आज सिन्धुपाल्चोकको मेलम्चीमा राइज मिडियाको टिमसँग पुग्दा जे देखियो, भगवान् अब त रोकिदेऊ, भो, पुग्यो। अब सिन्धुबासीलाई सहन सक्ने शक्ति कम भइसक्यो, भूकम्प, जुरे पहिरो, कोरोना हुँदै फेरि अहिले करोडाै लगानी गरिएको होटल रिसोर्ट पूरै डुबानमा, करोडौंका घर डुबानमा कतै पूरै गाउँका बस्तीसहित मान्छे नै डुबानमा, ५-६ महिनाको नानीहरुलाई लामखुट्को टोकाइले पूरै ज्यान भरिएको र सयौं रोपनी खेतीयोग्य जमिन बगरमा परिणत अर्बौंको क्षति।

भगवान्, मेलम्चीबासी सम्पूर्णलाई सहन सक्ने शक्ति देऊ। अझ पारिपट्टि बस्तीमा पुल पनि भत्किएको, सबै घरहरु पुरिएका, लगाएको लुगाबाहेक खुट्मा चप्पल पनि नहुँदा मुसलधारे पानीमा १०-१५ घरका मान्छेहरुको न बस्ने बास, न खाने गाँस अनि न लगाउने कपडा । बिचल्ली देख्दा मन धेरै रोयो, कटक्क खायो। केही सकेको राहत लिएर जान पाए हुन्थ्यो भन्ने लागेको छ। समयकाल यस्तो छ तैपनि मैले सक्ने सहयोग गर्नेछु। सक्दो पहल गर्नेछु। सरकारको पनि ध्यान जाओस्।