युएई इनासद्वारा पीपीई सहयोग


हेटौंडा, (नेस) ।

कोरोना संक्रमणको दोस्रो लहरले मकवानपुरलाई पनि प्रभाव पारेपछि अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युएईले सहयोग पठाएको छ । इनासले पठाएको पुनर्प्रयोग गर्न मिल्ने ३५ थान पीपीई हेटौंडा अस्पताललाई हस्तान्तरण गरिएको हो ।

नेपाल तरुण दल हेटौंडा नगर कार्यसमितिको संयोजकत्वमा उक्त सामान हेटौंडा ल्याइएको हो । नेपाली कांग्रेस नगर अध्यक्ष आनन्दराम पराजुली, कांग्रेसको कोभिड अनुगमन समिति संयोजक उत्सव इटेनी, तरुण नगर उपसभापति हेमन्त थापा, सहसचिव सञ्जय पाठक र इनासका तर्फबाट सहजीकरण गर्ने एलिसराज सञ्जेलले पीपीई हस्तान्तरण गरेका थिए ।